नयाँ दिल्ली: ईंग्ल्याण्डका सांख्यिकीविद् तथा डकवर्थ लुईस स्टर्न (डीएलएस) प्रणालीलाई तयार गर्नेहरूमा सामेल फ्रांक डकवर्थको ८४ वर्षको उमेरमा निधन भयो। डकवर्थ लुईस प्रणालीलाई डकवर्थ र उनका साथी सांख्यिकीविद् टोनी लुईसले तयार गरेका थिए अनि यसको प्रयोग वर्षाले प्रभावित क्रिकेट म्याचहरूको नतीजा तय गर्नमा गरिन्छ। डीएलएस-लाई अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा पहिला १९९७-मा लागू गरिएको थियो अनि २००१-मा आईसीसी-ले ती म्याचहरूमा संशोधित लक्ष्य दिने मानक प्रणालीको रूपमा यसलाई स्वीकार गऱ्यो जहाँ ओभरहरूका संख्यामा कटौती गरिन्छ। डकवर्थ र लुईसको सेवानिवृत्ति अनि अष्ट्रेलियाका सांख्यिकीविद् स्टीवन स्टर्नद्वारा यसमा केही संशोधनपछि यस पद्धतिलाई डकवर्थ लुईस स्टर्न नाम दिइएको थियो। डकवर्थ र लुईसलाई जून २०१०-मा मेम्बर अव् द अर्डर अव् द ब्रिटिश एम्पायर (एमबीई)-ले सम्मानित गरिएको थियो। डीएलएस पद्धति एउटा जटिल सांख्यिकी विश्लेषणमाथि आधारित छ, जसले पछिबाट ब्याटिंग गर्ने टीमको निम्ति संंशोधित लक्ष्य निर्धारित गर्न विभिन्न पक्षहरूमाथि ध्यान दिन्छ, जसमा रहल विकेट र कम्ती गरिएको ओभर संख्या सामेल छ।