यूरो कप २०२४: भाग्यशाली डेनमार्कको साथमा ईंग्ल्याण्ड नक्आउट राउण्डमा

IMG-20240626-WA0108

बर्लिन: यूएफा यूरो कप फूटबल टुर्नामेण्टको ग्रुप सी-बाट ईंग्ल्याण्डको साथमा भाग्यको धनी डेनमार्कले प्री-क्वार्टर फाइनल राउण्डमा स्थान बनायो। यस ग्रुपमा जम्मै टीमले ३-३ वटा म्याच खेलिसकेपछि ईंग्ल्याण्ड ५ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रह्यो। त्यसपछि डेनमार्क र स्लोवेनियाले चाहिँ ३-३ पोइण्ट्स हासिल गऱ्यो तर गोल अन्तरको आधारमा डेनिस टीमले प्री-क्वार्टर फाइनलमा सीधै प्रवेश पायो। तेस्रो स्थानमा रहने स्लोवेनिया चाहिँ अब अन्य म्याचहरूका परिणाममाथि निर्भर रहनु पर्नेछ। सर्बिया केवल १ पोइण्टको साथ चौथो स्थानमा रहेर टुर्नामेण्टबाट बाहिर भयो। यस ग्रुपमा मंगलवार अबेर राति डेनमार्क र सर्बियाबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। म्याचमा डेनमार्कको पल्ला भारी रहे पनि टीमले गोल गर्न सकेन। यसरी नै ईंग्ल्याण्ड र स्लोवेनियाबीच खेलिएको म्याच पनि गोलरहित ड्र (०-०)-मा समाप्त भयो। रेनएनर्जीस्टेडियनमा ७४ प्रतिशत पोजेशनको साथ खेल्दै ईंग्ल्याण्डले लगातार आक्रमण गरे पनि गोल हासिल गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement