आफ्नो सफलताको श्रेय बुमराहलाई दिए अर्शदीप सिंहले

IMG-20240625-WA0257

नयाँ दिल्ली: भारतीय पेस बलर अर्शदीप सिंहको भनाइअनुसार, जसप्रीत बुमराहको सटीक बलिंगले अन्य भारतीय बलरहरूलाई विकेट लिने अवसर प्राप्त हुन्छ। अर्शदीपले आईसीसी टी२० वर्ल्ड कप २०२४-मा ११.८६-को औसत र ७.४१-को इकोनमी रेटले १५ विकेट लिइसकेका छन् । बुमराहको नाममा ११ विकेट रहेको छ तर उनको इकोनमी रेट ४.०८ रहेको छ। अर्शदीपले भने, टीमको निम्ति विकेट लिएर खुशी लाग्छ अनि मेरो विचारमा यसको श्रेय धेरै हदसम्म जसप्रीतलाई जान्छ कारण उनले ब्याटरहरूमाथि दबाउ सृष्टि गर्छन्। उनले एउटा ओभरमा ३-४ रन मात्र खर्च गर्छन्। यस्तो स्थितिमा मैले केवल आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्छ अनि विकेट लिने धेरै मौका प्राप्त हुन्छ। विपक्षी ब्याटरहरूले मेरो बलिंगमा जोखिम उठाउन थाल्छन् अनि विकेट हासिल गर्ने मौका सृष्टि हुन्छ। टुर्नामेण्टमा स्पिनर कुलदीप यादवले पनि ३ वटा म्याचमा ७ विकेट लिइसकेका छन्। यसबारे अर्शदीपले भने, कुलदीप च्याम्पियन स्पिनर हुन्। उनले प्राप्त भएको हरेक मौकामा विकेट लिन्छन्। उनी टीमका महत्त्वपूर्ण खेलाड़ी हुन् अनि उनले आउँदो म्याचहरूमा पनि विकेट लिने आशा छ। अहिले हामी सबै खुशी अनि सेमिफाइनलको निम्ति तयार छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement