सिक्किममा हर घर तिरंगामाथि जागरूकता ऱ्याली

IMG_20220812_231721.jpg

गान्तोक: सिक्किम सरकारका सल्लाहकारगण र अध्यक्षहरूको संगठनले आजादीको अमृत महोत्सव अन्तर्गत आज राजधानीको एमजी मार्गमा हर घर तिरंगामाथि जागरूकता ऱ्याली आयोजन गऱ्यो। एमजी मार्गबाट शुरू भएको ऱ्याली रिज पार्क पुगेर समाप्त भयो।
यस अघि संगठनद्वारा एमजी मार्गमा एक कार्यक्रम आयोजन गरियो जसमा संस्कृति विभागका कलाकारहरूले देशभक्ति गीत प्रस्तुत गरे। यसै गरी, सिक्किम पुलिसको ब्याण्डले आफ्नो प्रस्तुति दिएको थियो। सिक्किम पर्यटन विकास निगमद्वारा एमजी मार्गस्थित कार्यक्रम स्थलमा पुष्प वर्षा कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।

एमजी मार्गमा शुरू गरिएको ऱ्यालीमा आयोजक संगठनका पदाधिकारीहरू र सदस्यहरू, गान्तोक नगर निगमका पार्षदहरू, संस्कृति विभागका अधिकारीहरू, एसटीडीसी र टासका पदाधिकारीहरू आदि सहभागी बनेका थिए।
आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङले मुख्यमन्त्रीको दिशानिर्देशमा सोही प्रकारका कार्यक्रमहरू नाम्ची, सोरेङ र गेजिङमा पनि गरिएको बताए। उनले राज्यवासीहरूलाई हर घर तिरंगा अभियानमा सहभागी बन्न अनि १३ देखि १५ अगस्तसम्म सबैका घरहरूमा तिरंगा फहराउन आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *