विधायक दासले सम्हाले आफ्नो कार्यभार

n619227429171933866530677b8da59ce9c2a1d0995f61443ea549ea1357edea29f9aeddfc25f6065b92ad7

गान्तोक: विधायक एलबी दासले आज भूराजस्व एवं आपदा प्रबन्धन विभागका सल्लाहकारको रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। सल्लाहकार दासलाई विभागकी सचिव नम्रता थापा, विशेष सचिव प्रभाकर राई तथा विभागका अधिकारीहरू र कर्मचारीहरूले स्वागत जनाए।

यस अवसरमा संक्षिप्त परिचयात्मक बैठक पनि गरियो जसमा विभागका अधिकारीहरूले सल्लाहकार दासलाई विभागको कामकाजको बारेमा जानकारी गराए।

सल्लाहकार दासले विभागको कामकाजप्रति सन्तोष व्यक्त गर्दै अधिकारीहरू र कर्मचारीहरूलाई अझ जोश अनि उत्साहको साथमा काम गर्न प्रोत्साहन प्रदान गरे। उनले आफ्नो तर्फबाट हर सम्भव सहयोगको आश्वसान दिए। उनले विभागको भ्रमण पनि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement