मुख्यमन्त्री तामाङले केन्द्रिय जल शक्ति मन्त्रीसॅंग गरे भेट

n6192987211719338064003745caa7c1e1476c46803446cef2903025baeda155fb5f26efe88a6bb496dbfa2

यस भेट अवधि मुख्यमन्त्रीले गराएक गत वर्ष अक्टोबर महिनाको विनाशकारी बाढीको प्रभाव बारे जानकारी

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग नयॉं दिल्लीस्थित श्रम शक्ति भवनमा भेट गरेका छन्। यस भेट अवधि मुख्यमन्त्रीले गत वर्ष अक्टोबर महिनाको विनाशकारी बाढीको प्रभावबारे संक्षिप्तमा जानकारी गराए।

उनले टिस्टा नदीमा भारी मात्रामा ढुङ्गा, माटो र बलुवा थुप्रिएको र यस कारण नदीको सतह 8-10 मिटर माथि उठेको केन्द्रिय मन्त्रीलाई जानकारी गराए।।

मुख्यमन्त्रीले विनाशकारी बाढीका कारण नदीको आकृति परिवर्तित भएको र अझ विनाश रोकथाम गर्नका लागि चुङथाङ, मंगन, सिङताम र रम्फू लगायत जीमादेखि मल्लीसम्म नदी प्रशिक्षण कार्यको तत्काल आवश्यकता निम्त्याएको अवगत गराए। नदीको पानीले जीवन र सम्पत्तिलाई खतरामा पारिरहेको र तल्लो क्षेत्रहरू जलमग्न बन्न थालेको बताउॅंदै डिक्चु, सिङताम, रम्फू र मल्ली जस्ता शहरहरूलाई खतरा उत्पन्न भइरहेको उनले जानकारी गराए।

मुख्यमन्त्रीले मन्त्रालयलाई नदीको आकृति विज्ञान अध्ययन गर्न र क्षयक्षतिको आकलन गर्न विशेषज्ञहरू पठाएर मार्गदर्शन प्रदान गर्न अनुरोध गरे। केन्द्रिय मन्त्रीले यस सम्बन्धमा एउटा कमिटी गठन गर्ने आश्वासन दिएको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएका छन्। मुख्यमन्त्रीले क्षेत्रका जनताको सुरक्षाका लागि द्रुत कार्य हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको साथमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव बीवी पाठक, मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement