गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा केन्द्रिय कृषि एवं ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानसॅंग शिष्टाचार भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले चौहानलाई केन्द्रिय मन्त्रीको रूपमा नियुक्तिको निम्ति बधाई दिए।
यस अतिरिक्त मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीसॅंग सिक्किमको कृषि परिदृष्य, पारम्परिक कृषि अभ्यास, किवी र एभाकाडो खेतीको सम्भावनामाथि चर्चा गरे। केन्द्रिय मन्त्रीले सिक्किमलाई आवश्यक सहायता प्रदान गर्ने आश्वासन दिए।
यस अवसरमा राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव वीबी पाठक र मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल पनि उपस्थित थिए।