निर्माण कार्यमा दुर्घटनावश पुरिएका २२ वर्षीय युवकको शव उद्धार

n61937405817193371196083ec5a4ce86e6532dac098a2100ed6029997d4e4278da762e7965f81c36af772c

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत ८ माइल, मिडल गेजिङमा चलिरहेको निर्माण कार्यमा दुर्घटनावश पुरिएका एक २२ वर्षीय युवक बिरेन्द्र पाण्डेको शव निकालिएको छ। आपदा प्रबन्धन टीम, गेजिङको सहायतामा खोजी कार्य गरिएको र यस क्रममा आज मंगलवार बिहान शव बरामद गरिएको बताइएको छ। उक्त जानकारी श्रम विभाग, गेजिङका सहायक आयुक्त नोर्डेन भोटियाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्। जानकारी अनुसार, २४ जून बिहान इमानुएल सुब्बाको निजी निर्माण स्थलमा माथिबाट पैह्रो आएर बिरन्द्र पान्डे पुरिएका थिए। उनीसॅंगै काम गरिरहेका देव कुमार राई भाग्यवश बाचेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement