मालदा: पुलिस थानाबाट केही दूरीमा रहेको शनि मन्दिरमा चोरीका कारण हलचल मच्चिएको छ। मंगलबार घटना सार्वजनिक हुने बित्तिकै मालदाको अंग्रेजी बजार थाना क्षेत्रको पिरोजपुर क्षेत्रमा निकै तनाव देखिएको थियो। लुटेराहरुले रातको अँध्यारोमा मन्दिरको ताला तोडेर शनि भगवानका गरगहना, चन्दा पेटीमा रहेको पैसा र मन्दिरको घण्टी लिएर फरार भएको बताइएको छ। बिहानै घटनाको जानकारी पाएपछि पुलिस घटनास्थल पुगेको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ। विगतमा पनि यहाँबाट केही दूरीमा रहेको मन्दिर र मस्जिदमा चोरी भएको स्थानीयको गुनासो छ। त्यसैले उनले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था बढाउन माग गरेका छन्।