सडक खोलामा परिणत! दक्षिण बारीभासा क्षेत्रका जनता चिन्तित

Capture3-10

सिलगढी: डबग्राम–२ ग्राम पञ्चायतको दक्षिण बारीभाषा क्षेत्र खोलामा परिणत भएको छ। ढल निकासको व्यवस्था नहुँदा सडकमा पानी बगिरहेको छ। जसका कारण करिब एक महिनादेखि यस क्षेत्रका जनता समस्यामा परेका छन्। बर्खामा यस क्षेत्रमा पानी जम्ने गरेको स्थानीयको गुनासो छ। यसको कारण निकासको व्यवस्था नहुनु हो। चुनावका बेला धेरै वाचा गरिएका थिए तर अवस्था उस्तै छ। वर्षायाममा यस क्षेत्रका बासिन्दालाई निकै समस्या हुने गरेको छ। अहिले यहाँको अवस्था यस्तो छ कि मानिसलाई घरबाहिर निस्कन समेत मुस्किल भएको छ। यो बर्षाको जमेको पानीमा विद्यालय जान बाध्य भएका बालबालिका। क्षेत्रका बासिन्दाका धेरै गुनासो छन्। तर सुन्ने कोही छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement