भानु जयन्ती तयारीलाई लिएर सोरेङमा सभा आयोजित

IMG-20240625-WA0249

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २१०औं भानु जयन्ती समारोहलाई लिएर सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा दोस्रो समन्वय सभा सम्पन्न भयो। उक्त सभा मुख्यमन्त्रीका पूर्व प्रेस सल्लाहकार सीपी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। सभालाई सम्बोधन गर्दै शर्माले भानुभक्तलाई नेपाली साहित्यप्रतिको योगदानको लागि चिनिने गरिन्छ भने उनको योगदानको कदर गर्दै प्रति वर्ष नेपाली समुदायले उनको जन्मदिन भव्यरूपमा पालन गर्दै आइरहेको अवगत गराए। शर्माले एकता र सामूहिक प्रयासमा जोड दिँदै उनले उक्त कार्यक्रमको सफलता र समुदाय र सांस्कृतिक प्रशंसाको भावनालाई बढावा दिने सम्भावनाबारे आफू आशावादी रहेको बताए। सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैको सामुहिक प्रयास साथै जिम्मेवारीको साथमा एक अर्कामा समन्वय राख्नु पर्ने सुझाउ दिए। उक्त कार्यक्रममा रामायण पाठ,कविता वाचन, तर्क प्रतियोगिता आदि आयोजना गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement