वन विभाग मन्त्री लेप्चाले गरे अधिकारीहरूसँग परिचयात्मक सभा

IMG-20240625-WA0249

गान्तोक: राज्यका वन विभाग मन्त्री पिन्छो नामग्यालको अध्यक्षतामा विज्ञान एवम प्रौदोगिकी विभागको प्रेक्षागृहमा हिजो एक परिचयात्मक सभा सम्पन्न भयो। उक्त सभामा विभागका सचिव सन्दीप ताम्बे, प्रमुख निर्देश्क धिरेन जी, श्रेष्ठ लगायत विभागका अन्य अधिकारी साथै कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। सभामा विभागको अधिनस्थ चल्दै गरेको विभिन्न परियोजनाहरूबारे मन्त्रीलाई जानकारी गराइयो। मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा सुनौले सिक्किम समृद्धि सिक्किम-को परिकल्पनालाई पुरा गर्नको निम्ति सबैको सामुहिक प्रयास रहनको साथै यसको निम्ति स्टेक होल्डर्सहरूलाई पनि साथमा लिएर अघि बढनु पर्ने सुझाउ दिए। मन्त्री लेप्चाले विभागका अधिकारीहरूलाई जलवायु परिवर्तन, ग्लोवल वर्मिङ, बाढ र आपदाबारे जानकारी गराउनु पर्ने बताए। यसरी सरकारलाई पहिला नै सूचित गरिएको खण्डमा सरकारले भविष्यमा हुने खतराबाट राज्यलाई संरक्षण गर्न पहल गर्ने बताए। यसरी नै उनले नयाँ परियोजनाहरूलाई साकार तुल्याउनको निम्ति विभागका अधिकारीहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement