विद्यार्थीहरूलाई लिएर परामर्श कार्यक्रम आयोजित

IMG-20240625-WA0246

गान्तोक: सोरेङ जिल्लाको थर्पु वरिष्ठ माध्यमिक विद्यालयमा आज रेड रिबन क्लब र एनएसएसको संयुक्त पहलमा एक परामर्श कार्यक्रम आयोजना गरियो। यस अवसरमा स्रोतवक्ताकोरूपमा महिला एव वाल विकास विभागकी प्रोटेक्सन अधिकारी टेक माया शर्मा रहेकी थिइन्। कार्यक्रममा विशेष गरेर बालिका र किशोरीहरूको स्वास्थ्यलाई ध्यान केन्द्रित गरिएको थियो भने वाल संरक्षण विषय जस्तै प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ माथि जानकारी गराइयो। यसरी नै आत्मरक्षाको रणनीतिले नानीहरूले कुनै पनि स्थितिमा आफ्नो सुरक्षा गर्न सकिनेबारे जानकारी गराइयो।स्रोतवक्ता शर्माले विद्यार्थीहरूले कुनै डर नमानी विभागको सहयोग लिन सक्नेबारे प्रोत्साहन गरिन्।

यस अवसरमा पोक्सो ऐन, कानुनी अधिकारी र विभागको भूमिकाबारे पनि जानकारी गराइन्।

About Author

Advertisement