राष्ट्रीय राजमार्गको अवस्थामा सुधार गर्नको निम्ति प्रस्ताव चढाए
गान्तोक: केहि दिनदेखि दिल्ली भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले प्रधानमन्त्री लगायत सबै केन्द्रीय मन्त्रीहरूलाई भेट गर्दै राज्यको समस्याबारे जानकारी गराउँदै आइरहेका छन्। यसै क्रममा आज उनले केन्द्रीय मन्त्री सडक परिवहन नीतिन गढकरीसँग उनको सरकारी आवासमा भेट गरे। भेटको क्रममा सर्वप्रमथम मुख्यमन्त्री तामाङले तेस्रो पल्ट पून सोही पदमा नियुक्त भएकोमा उनले राज्यका जनताको तर्फबाट बधाई दिए। मुख्यमन्त्रीले एक ज्ञापन चढाउँदै राष्ट्रीय राजमार्ग १० को अवस्थाबारे प्रकाश पार्दै सेवकदेखि रम्फूसम्मको सडकको समस्या दीर्गमियादीको निम्ति समाधान गर्नुपर्ने र यसको निम्ति विशेषज्ञहरूको टोली अध्ययनको लागि पठाउनु पर्ने आग्रह गरेका छन्। सेवकदेखि रम्फूसम्मको राजमार्ग सेन्ट्रल एजेन्सी जस्तै एनएचएआई र एनएचआइडीसीएललाई सुम्पिनु पर्ने अवगत गराए। सिक्किमका ठूला वाहनहरूले सँधै समस्या भोग्न परिरहेको पनि जानकारी गराए। विशेष गरेर वर्ष २०२३ मा आएको विनाशकारी वाढले सडक मार्गमा धेरै क्षति पुऱ्याएको र यसबारेमा केन्द्रीय मन्त्रीले एनएचआइडीसीएल-लाई शीघ्र समाधान गर्ने निर्देश दिएका छन्। सोही प्रकारले उनले केन्द्रीय मन्त्रीलाई पाकिम हवाई अड्डाको पूर्वधार र यातायातको रणनीतिबारे पनि अवगत गराए। यसरी नै उनले छोछेन बढापाथिङ देखि पाकिम हवाइ अड्डा हुँदै गान्छुङ, टोक्छी र माछोङको निम्ति बैकल्पिक सडक मार्गबारे पनि प्रस्ताव चढाएका छन्। सोही प्रकारले मल्लीदेखि सिङतामसम्म पुग्ने २२.५१४ किलोमिटर लामो सडकको पनि डीपीआर चढाएका छन् भने उक्त सडक निर्माणको निम्ति कूल २३१८ करोडको बजेट गत २० अप्रेल २०२३ मा चढाएको अवगत गराए।