युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन्। सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ। लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको शुरुदेखि युक्रेनको सशस्त्र बलको कमाण्डर थिए। उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ। यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन्। लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेको जेलेन्स्कीले सोमबार राती एक सम्बोधनमा घोषणा गरेका थिए। जनरल सोडोललाई फरवरी २०२४ देखि सशस्त्र बलको कमाण्डर बनाइएको थियो। हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन्।