कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले नगरनिगम र नगरपालिकाहरूसँगको बैठकमा कोलकाता र विधाननगरमा फुटपाथ अतिक्रमणको मुद्दामा मन्त्रीहरू, जनप्रतिनिधिहरू र प्रशासनिक अधिकारीहरूप्रति असन्तुष्टि व्यक्त गरिन्। उत्तरी कोलकाताको हाथीबागन क्षेत्रको अवस्थामाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘के तपाईंले कहिल्यै हाथीबागन क्षेत्र हेर्नुभएको छ? त्यहाँको अवस्था के छ? त्यो दिन म वेबेल (विधाननगर) अगाडि जाँदै थिएँ, बाटोमा एकपछि अर्को डालाहरू लगाइएको थियो। यो देख्दा राम्रो लाग्छ?’ मन्त्री सुजित बसुलाई टिप्पणी गर्दै भनिन्, ‘सुजितले हकर्सहरूलाई प्रतिस्पर्धा गरेझैं बसाइरहेका छन्l’ सबैले आँखामा पट्टी बाँधेको बताइन्l ‘ जताततै तिरपाल लगाएर डाला लगाएका छन्l यो अवैध हो भने दोषीहरूलाई पक्राउ गर्नुहोस्’, उनके भनिन्। साँझसम्म कोलकाता नगरनिगमक अधिकारीहरू र स्थानीय पुलिस अधिकारीहरू हाथीबागन र गरियाहाटका दुवै क्षेत्रको भ्रमण गरे। निगमका अधिकारीहरूले फुटपाथको एक तिहाइभन्दा बढी ठाउँमा पसल राखेका हकर्सहरूलाई हटाउन निर्देशन दिएका छन्। साथै कुनै पनि डालामा तिरपाल नराख्न पनि निर्देशन दिइएको छ। यस अवधिमा नगरनिगमले फुटपाथमा यल्लो मार्किङ पनि गरेको छ। आज बस्ने हकर्स संगठनको बैठकमा यस विषयमा छलफल हुने र सबै संस्थालाई नियमावलीमा समावेश गर्न निर्देशन दिइने नगरनिगमका एक अधिकारीले जानकारी दिए। नियम उल्लङ्घन गर्ने हकर्सलाई कारबाही गरिने छ र सूचीमा परेको प्रमाणपत्र खारेज गरिनेछ।