सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो कोलकातामा नगरनिगम र नगरपालिकाका प्रमुख अनि प्रशासनिक अधिकारीहरूसँग बैठक गरेर शहरबाट अतिक्रमण हटाउन निर्देशन दिएपछि आज सिलगढीका मेयर गौतम देवले सिलगढीमा तृणमूल काउन्सिलरहरूसँग बैठक गरे। बैठकपछि मेयर गौतम देवले मुख्यमन्त्रीले दिएका सबै निर्देशन पालना गरिने बताए। ‘यी सबैलाई कानुनी कारबाही गरिनेछ। व्यापार व्यवसायलाई सडक अतिक्रमण गर्न दिइने छैन’, उनले भने। उनले शहरमा खानेपानीको सामान्य आपूर्ति गर्न ठूला खानेपानी आयोजनाको पहिलो चरणको काम शुरु भएको बताए।