खरसाङ : देशभरि हुन लागेको राष्ट्रिय जनसंख्या पञ्जीकरण (एनपीआर) मा गोर्खाहरूले सबैले आफ्नो जात थर केही नलेखेर सबैले गोर्खा लेखिदिने बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले आह्वान् गरेका छन्। उनले आज एक भिडियो जारी गर्दै देशमा हुन लागेको राष्ट्रिय जनसंख्या पञ्जीकरण एनपीआरमा सबैले आफ्नो जात केवल गोर्खा मात्र लेखिदिने आह्वान् गरेका छन्। उनले एनपीआरमा कसैले पनि आफ्नो जात राई, लिम्बु, छेत्री, मंगर, नेवार, गुरुङ, तामाङ आदि केही नलेखेर केवल गोर्खा मात्र लेख्नु पर्ने बताएका छन्। उनले गोर्खाहरू अहिले अल्पसंख्यक बनेको र अहिल् पनि ध्यान नदिए भविष्यमा अझ खतरा हुने बताउँदै गोर्खाहरू अस्तित्व कायम राख्न तथा गोर्खाहरूलाई विलुप्त हिजदेखि बचाउन सबैले एनपीआरमा गोर्खा लेखिदिने निवेदन गरेका छन् । उनले अहिले गोर्खाहरू मासिने क्रममा छन् र अल्पसंख्यक बनिसकेका छन् अनि एनपीआरमा सबैले आफ्नो जात, धर्म लेखेको खण्डमा गोर्खा जातिलाई नै क्षति हुन्छ त्यसैले राष्ट्रिय जनसंख्या पञ्जीकरण एनपीआरमा सबैले गोर्खा लेख्नु पर्ने बताएका छन्।