दार्जीलिङ: चिया श्रमिकहरूको अवस्थालाई सुधार गर्न हो भने हामी सबै एकबद्व हुनुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आज मार्गरेटहोप चिया बगानको शहीद वेदीमा शहीद दिवस पालन गरेको छ। उक्त शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मकैबारी चिया बगानमा ताज कम्पनीले वृहत होटलको निर्माण गरेको छ। त्यो होटलमा एक रात बस्नलाई कम्तीको ३५ हजार रूपियाँ लाग्छ तर त्यही बगानमा काम गर्ने श्रमिकहरूको दैनिक रोजी २ सय ५० रूपियाँ मात्र छ। यो कहाँसम्मको न्याय संगत हो भन्दै उनले प्रश्न तेर्साएका छन्। चिया श्रमिकहरूको अवस्थाबारे हामी एक्लो बोलेर मात्र हुँदैन। हामी सबै एकबद्व भएर बोल्नुपर्छ तब मात्र चिया श्रमिकहरूको अवस्थामा सुधार आउँछ भनी अजय एडवाडर्सले बताएका छन्।उनले आफ्नो सम्बोधनमा भने। ‘१९५५ को २५ जूनको पुलिसको गोलीले शहीद भएका ती शहीदहरूको त्याग र बलिदानको कारणले चिया श्रमिकहरूले पूजा बोनस, सुत्केरी हाजिरा आदि जस्ता साहुलियतहरू पाएका थिए साथै हट्टा बाहिर जस्ता कुप्रथाहरू बन्द भएको हो। त्यसकारण हामीले ती वीर शहीदहरूको त्याग र बलिदानलाई कहिले भूल्न हुँदैन।’ उनले अघि भने, ‘अहिले चिया श्रमिकहरूमा धेरै न्याय र अत्यचारहरू भई रहेको छ,चिया बगानको मालिकहरूसंग मिलेर श्रमिकहरूमाथि शोषण, दमन आदि जस्ता कार्यहरू गरिरहेको छ। चिया बगान किन्ने मालिकहरूले अघिबाटै बैंकबाट थुप्रै लोन लिएको कारणले चिया बगानहरूमा धेरै समस्याहरू भईरहेको छ। ती चिया बगान मालिकको पक्षमा पहाडको सत्ता पक्षको श्रमिक संगठनले बैंक घेराव गर्छु भन्दैछ यो कस्तो विडम्बना हो। हामी गोर्खा वीर भन्छौं तर कतिपय श्रमिक संगठनको नेतृत्वहरूले श्रमिकहरूलाई शोषणको भुमरीमा झोकेर रूपियाँ पैसा हडपडने कार्य गरी रहेको छ।’