श्रमिकहरूको हितमा हामी सहै एकबद्व भएर काम गर्नुपर्छ : डीके गुरूङ
दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले २५ जून १९५५ को शहीद परिवारहरूलाई सम्मान जनाएका छन्। सोनादाको मार्गरेटहोप चिया बगानको कन्ट्रोल डाँडाको शहीद वेदीमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले २५ जून १९५५ को गोली काण्डमा शहीद भएका शहीद परिवारहरूलाई सम्मान जनाएका छन्। गत केही दिन अघि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय नेतृत्वहरू राजु सुब्बा, भरत तामाङ, अनुप केसी आदि मार्गरेटहोप चिया बगानको कन्ट्रोल डाँडामा रहेको २५ जून १९५५ को गोली काण्डमा शहीद भएका शहीदहरूको शहीद वेदीको अवस्था हेर्न आएका थिए। शहीद वेदीको जीर्ण अवस्था देख्दा हाम्रो पार्टीको श्रमिक संगठनले शहीद वेदीको जीर्णोद्वार गर्ने कार्य गरेको थियो। आज त्यसै शहीद वेदीमा शहीदहरूको स्मरण गर्दै उनीहरूको परिवारहरूलाई सम्मान जनाएका छन्। यस कार्यक्रमको शुभारम्भमा शहीद वेदीमा दीप जलन, खदार्पण आदि जस्ता कार्यहरू गरियो। त्यसपछि शहीदहरूको त्याग र बलिदानको कदर गर्दै शहीदको परिवारहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाएका छन्। शहीद दिवस समारोहलाई सम्बोधन गर्दै हाम्रो हिल तराई-ङुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले गत केही महिना अघि मार्गरेटहोप चिया बगानको एक सार्वजनिक भवनमा श्रमिक संगठनहरूको सभा सम्पन्न भएको थियो अनि उक्त सभामा १९५५ को श्रमिक आन्दोलनमा शहीद भएका शहीदहरूको शहीद वेदीको जीर्णोद्वार गर्ने चर्चा भएको थियो। तर शहीद वेदीको जीर्णोद्वारको कार्य भएन। यसैबीच हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको नेतृत्वहरूले शहीद वेदीको निरीक्षण गरेर जीर्णोद्वारको कार्य शुरू गरेको अनि छोटो समयमा पुरानो शहीद वेदीको छेउमा अर्को शहीद वेदीको निर्माण कार्य पूरा भएको तिनले बताएका छन्। सन् १९५५ मा श्रमिकहरूले १४ सूत्री मांग लिएर चिया बगान श्रमिक अर्जी पत्र चढाएका थिए। तर श्रमिकहरूको त्यस मांगलाई अनदेखा गर्दा स्थिति बिग्रिएर गएको गुरूङले इतिहास बताएका छन्। उनले भने, सन् १९५५ को २१ जूनको दिन दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा श्रमिकहरूको बैठक भएको थियो अनि आन्दोलनलाई अझ तीव्र रूप दिने कार्य भएको थियो। यसैबीच २५ जून १९५५ को दिन मार्गरेटहोप चिया बगानको यसै कन्ट्रोल डाँडामा राज्यको पुलिस प्रशासनले जुलुसमाथि गोली बर्साउदा ६ जना आन्दोलनकारीहरू शहीद भएका थिए जसमा १४ वर्षको नाबालिका पनि पुलिसको गोलीले शहीद भएका थिए।’
उनले अझ भने, अहिले मेरो घरमा जुठो परेको छ। मैले बाहिर केही खानु हुँदैन। तर श्रमिकमाथि आईपरेको खण्डमा म जस्तै अवस्थामा पनि अघि आएको हुनेछु। चिया श्रमिकहरूको समस्या लिएर सिलगढीमा बैठक बोलाएको थियो त्यस समयमा पनि मेरो सन्तानमा जूठो परेको थियो। तर मैले मेरो १० काम छोडेर श्रमिकहरूको हितमा म बैठकमा उपस्थित भएर श्रमिकहरूको पक्षमा कुरा उठाएका थिए। सन् १९८६ को आन्दोलनपछि राजनैतिक संगठनहरूले श्रमिकहरूको हक र अधिकार खाई दिए। त्यसरी नै २०१७ को आन्दोलनपछि फेरि श्रमिकहरूको हक र अधिकार खाने कार्य भएको छ।श्रमिकहरूको जमीन खाने कार्य भईसकेको थियो। अहिले श्रमिकहरूलाई भन्दा श्रमिक संगठनको नेतृत्वहरूलाई बगान मालिकहरूसंग बैठक बस्न हतार भएको देखिन्छ।’
हाम्रो पार्टीको ट्रेड युनियनको केन्द्रीय अध्यक्ष डीके गुरूङले भने, ‘आफु स्वयम् पनि श्रमिक रहेको हुनाले श्रमिकहरूको दुःख मैले स्वयम भोगेको छु।त्यसकारण हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो पक्षबाट जे जति कामहरू गर्न पर्छ हामी गर्दैछौं। श्रमिकहरूको हितमा हामी सबै श्रमिक संगठनहरू एकबद्व भएर काम गर्नुपर्छ भन्ने आह्वान् पनि गर्दछु।’
आजको कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, शारदा राई सुब्बा, जतन राई आदि उपस्थित थिए।