राज्यपाल लक्ष्मण प्रसादले गरे सोवा रिग्पा अस्पतालको भ्रमण

WhatsApp-Image-2024-06-25-at-6.46.35-PM

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज देउरालीस्थित नामग्याल इन्सटिट्युट अफ् टिबेटोलोजीमा रहेको सोवा रिग्पा अस्पतालको भ्रमण गरे। यस अवसरमा स्वास्थ्य विभागका सिविल र इलेक्टेरियल डिभीजनद्वारा ३० वटा पलङयुक्त अस्पतालको प्रगतिबारे राज्यपाललाई जानकारी गराए। भ्रमणको क्रममा राज्यपालले अधिकारीहरूसँग सोवा रिग्पाको महत्वमाथि अन्तक्रिया पनि गरे। राज्यपालले जानकारी गराए अनुसार सोवा रिग्पा र आयुष परम्परागत र वैकल्पिक चिकित्सामा भारतको विश्वव्यापी आकर्षणको अभिन्न अंग रहेको अवगत गराए। उनले उक्त अस्पतालको प्रगतिको सापेक्ष भौतिक पूर्णता प्रतिशतको बारेमा पनि जानकारी लिँदै अस्पतालको अस्थायी सम्पन्न मिति जानकारी लिए। उनले अस्पताललाई यतिसम्मको अवस्थामा पुऱ्याएको कुरालाई स्वीकार गर्दै समयमै सम्पन्न गर्नको लागि सोही स्तरको समर्पण कायम गर्न आग्रह गरे। उनले सोवा रिग्पा अस्पताललाई तोकिएको समयावधिभित्रै सम्पन्न गरी राष्ट्रकै अग्रणी संस्थाको रुपमा सेवा प्रदान गरिनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement