कोचबिहार: सोमबार मुख्यमन्त्री ममता ब्यानर्जीले एक महत्त्वपूर्ण बैठक गरेकी थिइन्l यसपछि आज कोचबिहार जिल्ला पुलिसद्वारा अतिक्रमण विरुद्ध अभियान शुरु गरेको छ। सडक छेउमा अवैध रुपमा बनाइएका पसलहरु पुलिसले भत्काएको छ। पुलिसका अनुसार ती व्यक्तिलाई पसल हटाउन भनिए पनि पसल नहटाएकाले आजदेखि अभियान चलाएर पसल भत्काइएको तर फुटपाथमा व्यापार गर्ने व्यवसायीले भनेका छन् पुलिसले अचानक अभियान चलाएको छ। पुलिसले पहिल्यै पसल हटाउन आग्रह गरेको भए पसल पहिले नै हटाइने थियो, र त्यति धेरै नोक्सान हुने थिएन भन्ने पसलेहरूको भनाइ छ। पुलिसले चलाएको अभियानले आफूहरूलाई दुःख भएको उनीहरुले बताएका छन्। उनीहरुले आफ्नो जीविकोपार्जनको एउटै साधन भएको भन्दै पसल भत्काएर अर्को ठाउँमा पसल खोल्ने अनुमति नदिए आफैँ झुन्डिए बाहेक विकल्प नरहेको बताए।