भागोप सिक्किम शाखाले दियो मुख्यमन्त्रीलाई जीतको बधाई

गान्तोक: भारतीय गोर्खा परिसंघ, सिक्किम राज्य समितिको एउटा महत्वपूर्ण सभा हिजो २३ जूनको दिन संघका अध्यक्ष चुनिलाल घिमिरेको अध्यक्षतामा बस्यो। यो सभाले दोस्रोपल्ट ऐतिहासिक विजय हासिल गरी मुख्यमन्त्री बन्न सफल भएकोमा राज्यका मुख्यमन्त्री पीएस तामाङ र समस्त सिक्किम सरकारप्रति बधाई एवं शुभकामना व्यक्त गरे। वर्तमान मुख्यमन्त्री पीएस तामाङ भारतभरिका गोर्खा नेपालीका एक मात्र मुख्यमन्त्री हुन यसैले आगामी दिनमा भारतीय गोर्खा परिसंघका राष्ट्रपति समिति र राज्य समितिले उनलाई भेटेर अभिनन्दन गर्ने प्रस्ताव ग्रहण गरेको छ। सभाले परिसंघका नयाँ राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाध्यायलाई राष्ट्रिय अध्यक्षको पदमा मनोनीत भएकोमा बधाई दियो। सभामा विभिन्न सदस्यहरूको गहन चर्चा र बहसपछि नव भारतको निर्माणमा योगदान दिने गोर्खा, नेपाली स्वतन्त्रता सेनानी लगायत विशिष्ठ व्यक्तित्वहरूको इतिहासलाई शिक्षा विभागको पाठ्य-पुस्तकमा समावेश गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय लिनका साथै आजका युवापीढ़िलाई पनि यस्ता विषयमा प्रशिक्षण प्रदान गर्ने निर्णय लियो। सभाले परिसंघको आजीवन सदस्य विस्तार अभियान चलाउने अनि धेरै व्यक्ति अनि संघ-संस्थाहरूलाई परिसंघमा जोड़ेर नेपाली-गोर्खाली जातिको इतिहासको दस्तावेजीकरण गर्ने निर्णय पनि लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement