जलपाईगढी: तृणमूल युवा कार्यालयमा तोडफोडको घटना प्रकाशमा आएको छ। त्यसपछि ठूलो संख्यामा पुलिस परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको छ। समाचारअनुसार, जलपाईगढी नगरपालिकाको वार्ड नम्बर ३ पूर्वी सेनपाडा क्षेत्रमा तृणमूल युवा कांग्रेसको कार्यालय छ। केहीले स्थानीय युवालाई रक्सी किन्न पठाएको आरोप छ। रक्सी लिएर फर्कने क्रममा युवकको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको समाचार छ। यो घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भए। उनीहरुले तृणमूल युवा कांग्रेसको कार्यालयमा गएर तोडफोड गरे। खबर पाएर कोतवाली पुलिस चौकीबाट पुलिस घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लियो। मंगलबार बिहानैदेखि ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ। तर, वार्ड नम्बर ३ का पार्षद स्वरूप मण्डलले यस विषयमा केही भनेका छैनन्।










