अलिपुरद्वार: अलिपुरद्वार जंक्शन नजिकैको रेलवे लाइनको छेउबाट एक अज्ञात व्यक्तिको शव फेला परेको छ। यस विषयमा जिआरपी पुलिसले अनुसन्धान गरिरहेको छ। मंगलबार जंक्शन रामकृष्ण आश्रम नजिकैको रेलवे लाइनको छेउमा एक पुरुषको शव इलाकाका बासिन्दाले देखेका थिए। सूचना पाएपछि जंक्शन जीआरपी पुलिस घटनास्थल पुग्यो। व्यक्तिको टाउकोमा चोट लागेको बताइएको छ। उक्त व्यक्तिको रेलले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने स्थानीयवासी र पुलिसले अनुमान गरेका छन्। यद्यपी उक्त व्यक्तिको यकिन पहिचान भने हुनसकेको छैन। शव फेला परेपछि त्यहाँ ठूलो संख्यामा मानिसहरुको भीड लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। साथै, पुलिस व्यक्तिको परिवारका सदस्यहरूसँग सम्पर्क गर्नका लागि व्यक्तिको पहिचान खोज्न व्यस्त छ।