प्रतिबन्धित कफ सिरपसहित दुई जना पक्राउ

IMG-20240625-WA0191-copy

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सिलगढी एसटीएफ र न्यू जलपाईगढी पुलिस स्टेशनले संयुक्त रूपमा एक अपरेशन गरी लगभग ३६ हजार बोतल कफ सिरप बरामद गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, एसटीएफ र न्यू जलपाईगढी पुलिस स्टेशनले फुलबारी क्षेत्रमा एउटा गाडीलाई रोक्यो। खोजी गर्दा गाडीबाट करिब ३६ हजार कफ सिरपको बोतल बरामद भएको छ। यस घटनामा दुई जना पक्राउ परेका छन्। पुलिस स्रोतका अनुसार कफ सिरप फर्सीको नाममा तस्करी भइरहेको थियो। आरोपितले आफू इन्दौरबाट कफ सिरप ल्याएर त्रिपुरा लैजाने भएको बताए। मंगलबार पक्राउ परेका अभियुक्तलाई जलपाईगढी अदालतमा पेश गरियो। समाचारअनुसार  जलपाईगढी पुलिस स्टेशनले यस अवैध कफ तस्करी व्यवसायमा अन्य को को संलग्न छ भनेर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement