फेरीवालाहरुको पुनर्स्थापना लगायतका विभिन्न मागहरु राख्दै आईएनटीटीयुसीले डीआरएमलाई बुझायो ज्ञापनपत्र

IMG-20240625-WA0189

सिलगढी: न्यू जलपाईगढी स्टेशनलाई भारतीय रेलवेले राष्ट्रिय स्तरको स्टेशनमा परिणत गर्दैछ। त्यसैले स्टेसन नजिकैको क्षेत्रमा अस्थायी पार्किङको व्यवस्था गरिएको छ। रेलवे स्टेशन विस्तार भएपछि त्यहाँ पसल राख्ने फेरीवालाहरुलाई हटाएपछि उनीहरू बेरोजगार भएको गुनासो अघि आएको छ। यसैले, मंगलबार आईएनटीटीयुसी न्यू जलपाईगढी शाखाको तर्फबाट, हकरहरूको पुनर्स्थापना लगायतका विभिन्न मागहरूको सम्बन्धमा उत्तर पूर्वी सीमावर्ती रेलवेको कटिहार डिभिजनका डीआरएमलाई आज ज्ञापनपत्र बुझायोl आज आईएनटीटीयुसी न्यू जलपाईगढी शाखाका अध्यक्ष सुजय सरकारको नेतृत्वमा ज्ञापन बुझायोl हकर्स र आईएनटीटीयुसीका कार्यकर्ताहरूले न्यू जलपाईगढी रेलवे स्टेशनबाट एडीआरएम कार्यालय अगाडि विरोध प्रदर्शन गरे। उनीहरूले अस्थायी पार्किङ नजिकै व्यापार गर्न अनुमति मागे। ज्ञापनपत्रमा यात्रुहरूको सुविधाका लागि नयाँ जलपाईगढी स्टेशनको प्रवेशद्वारमा जम्मा भएको पानीको निकासको व्यवस्था गर्न पनि माग गरिएको छ भने यात्रुहरूलाई स्टेशनमा पुग्ने ठाउँको पनि माग गरिएको छ। साथै, यो ज्ञापनपत्र मार्फत न्यू जलपाईगढी स्टेशन नजिकै भत्किएको सडक मर्मत गर्न पनि माग गरिएको छ। -न्यूज एसिया  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement