लाराको विश्वासलाई सही साबित गर्न सकेर खुशी राशिद खान

किंग्स्टाउन्: दुई महिना अघि ब्रायन लाराले अफगानिस्तानको टीम टी२० वर्ल्ड कपको सेमिफाइनलमा पुग्न सक्ने सम्भावना व्यक्त गर्दै धेरैले आश्चर्य व्यक्त गरेका थिए तर अहिले त्यस भविश्यवाणीलाई सही साबित गरेर देखाएपछि टीमका कप्तान राशिद खानले आफ्नो मनको कुरा साझा गरेका छन्। अफगानिस्तानले आज बंग्लादेशलाई सुपर ८-को अन्तिम म्याचमा डकवर्थ लुईस प्रणालीद्वारा ८ रनले पराजित गरी पहिलोपल्ट वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउनको साथै अष्ट्रेलिया जस्तो टीमको बिदावारी पनि तय गऱ्यो। गत मई महिना एउटा कार्यक्रममा कुन चारवटा टीमले टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सक्नेछ भन्ने प्रश्नको जवाफमा लाराले भनेका थिए, वेष्ट इण्डिज, भारत र ईंग्ल्याण्ड सेमिफाइनलमा पुग्न सक्छ। चौथो स्थानको निम्ति मेरो बाजी डार्कहर्स अफगानिस्तान हुनेछ। मैले ग्रुपिंग हेरेको छुइन तर अहिलेसम्म वर्ल्ड कपमा अफगानिस्तानको प्रदर्शनलाई बिचार्दा त्यो टीम प्रगतिको गोरेटोमा रहेको छ अनि अन्तिम चारमा पुग्न सक्छ।
यसपाली टी२० वर्ल्ड कपको सेमिफाइनलमा पुगेपछि राशिद खानले भने, हाम्रो निम्ति सेमिफाइनलमा पुग्नु सपना साकार हुनु जस्तै हो। न्यूजील्याण्डलाई पराजित गरेपछि टीममा यस्तो गर्न सक्ने भरोसा आएको थियो। बंग्लादेश विरुद्ध म्याचमा अघिबाट टीमको नेतृत्व गर्दै ४ विकेट हासिल गर्ने राशिदले भने, केवल एकजना व्यक्तिलाई हामी सेमिफाइनलमा पुग्ने भरोसा थियो अनि त्यो व्यक्ति ब्रायन लारा हुन्। हामीले उनलाई सही साबित गऱ्यौं। स्वागत पार्टीमा भेट हुँदा मैले उनलाई हामी तपाईंको भरोसालाई कायम राख्ने प्रयास गर्नेछौं भनेको थिए। अब २७ जूनमा खेलिने सेमिफाइनलमा अफगानिस्तानको भिड़न्त दक्षिण अफ्रिकासँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement