सिलगढी: एक ५९ वर्षीय पुरुषमाथि १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। स्थानीय बासिन्दाले सिलगढीको पूर्वी बाइपास क्षेत्रमा सडक अवरुद्ध गरेर वृद्धलाई कडा सजायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। स्थानीय बासिन्दाले लामो समय सडक अवरुद्ध गरेपछि उक्त क्षेत्रमा चरम ट्राफिक जाम भएको थियो। तनाव विस्तारै बढ्दै गएपछि असिघर चौकीका पुलिस घटनास्थल पुगे। करिब बीस दिनअघि बालिकालाई छिमेकीले नै बलात्कार गरेको स्थानीयले उजुरी गरेका छन्। पछि घटना बाहिर आएपछि नाबालिगका परिवार र स्थानीयले पुलिसमा उजुरी गरे र प्राथमिकी दर्ता गरे। तर उजुरी परेको लामो समय बितिसक्दा पनि पुलिसले कुनै कारबाही गरेको छैन। सोही कारण स्थानीयवासीले सडक अवरुद्ध गरेर विरोध जनाएका छन्। तर, वृद्धलाई पक्राउ गरिसकेको पुलिसले जनाएको छ। राति अबेरसम्म जाम जारी रहेपछि पुलिसको आश्वासनमा स्थानीयले जाम हटाएका थिए। असीघर चौकीका पुलिस घटनाको सम्पूर्ण अनुसन्धानमा व्यस्त छन्। -न्यूज एसिया










