
कोचबिहार: दिनहाटा विभागीय अस्पताल परिसरमा दुई महिनादेखि फोहोर थुप्रिएको छ। फोहोरबाट दुर्गन्ध आइरहेत पनि अस्पताल प्रशासन र नगरपालिका तयार देखिए नन्। अन्ततः मुख्यमन्त्रीको कडा निर्देशनपछि दिनहाटा अस्पतालमा सरसफाई शुरु भएको छ। मंगलबार बिहानदेखि दिनहटा नगरपालिकाबाट काम शुरु भएको हो। जसका कारण सर्वसाधारणले राहतको सास फेरेका छन्।