एसडीएफ युवा प्रकोष्ठद्वारा अन्तरराष्ट्रिय युवा दिवस पालन

IMG_20220812_221648.jpg

गान्तोक: सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीको युवा प्रकोष्ठले अाज गान्तोककाे एउटा होटलमा अन्तरराष्ट्रिय युवा दिवस पालन गऱ्यो। उक्त कार्यक्रममा लाइफस्टाइल जर्नलिस्ट बन्दना तिवारी विशिष्ट अतिथि थिइन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका नौजना युवाहरुलाई (यङ्ग अचिभर्सहरुलाई )अभिनन्दित गरियो। अभिनन्दित हुने युवाहरूमा साहारा हाङमा सुब्बा, प्रशान्त शर्मा, सोनाम छोडेन काटसोपा, भारती गुरूङ, कविता शर्मा, दिव्यज्योति बराइली, छोडक भोटिया, फुर डिकी शेर्पा र पुर्णिमाया राई सामेल छन्।

कार्यक्रममा विशिष्ट अतिथि लाइफस्टाइल जर्नलिस्ट बन्दना तिवारीसँग गरिएको वार्तालाप, कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। तिवारीले युवाहरूलाई सन्देश दिने क्रममा सफलता प्राप्त गर्न प्रक्रियामाथि विश्वास राख्नु आवश्यक रहेको बताइन्। उनले सफलता प्राप्तिका लागि कुनै शर्टकट पनि नरहेको बताइन्।

कार्यक्रममा यङ्ग अचिभर्सलाई एसडीएफ पार्टीका पदाधिकारीहरूद्वारा स्मृति चिन्ह र अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दित गरियो। यसै गरी अभिनन्दित युवाहरूसॅंग चर्चा कार्यक्रम पनि सम्पन्न गरियो, जसमा युवाहरूले आआफ्नो क्षेत्रका अनुभवहरू साझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement