तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने रोडमा पैह्रो

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने रोडमा पैह्रो गएको छ। रोहिणीको रत्नड्याङदेखि नयाँ कमानतिर आउने रोडमा रहेको लाप्चे खोलाको पुल नजिक राती पैह्रो गएको स्थानीयहरूले बताएका छन्। रोहिणीको रत्नड्याङदेखि नजिक रहेको लाप्चे खोलामा सड़कलाई नै सोहोरेर पैह्रो गएको छ। उक्त सड़क तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने लगभग साढे ६ किलोमीटरको रोड रहेको छ जुन तीनधारे, नयाँ कमान र रोहिणी क्षेत्रको लागि छोटो रोड मानिन्छ। यस रोडमा पैह्रो गएपछि ठूला गाड़ीहरू कुद्न नसक्ने भएको छ भने साना गाड़ीहरू मात्रा जोखिमपूर्ण रूपमा कुद्न सक्ने देखिएको छ। साना गाड़ीहरू कुदे पनि डरसरि रहेको र अझ पानी यसरी नै लगातार रूपमा परिरहे बाँकी रहेको सड़कको भाग पनि तान्न सक्ने सम्भावना देखिएको छ।

यो रोडमा पैह्रो गएर ठूलाहरू गाड़ीहरू कुद्न बन्द भएपछि स्थानीयहरूलाई धेरै असुविधा भईरहेको नयाँ कमान निवासी स्थानीय धिरेन प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement