टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ सर्वोत्कृष्ट प्रहरी घोषित

झापा: कोशी प्रदेश पुलिस कार्यालय विरानगरले इलाका पुलिस कार्यालय इटहरी, सुनसरीका डिएसपी टेक बहादुर कार्की र कोशी प्रदेश पुलिस कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुहमा कार्यरत इन्स्पेक्टर बिबिन्द्र नेम्वाङलाई जुन महिनाको सर्वोत्कृष्ट पुलिस घोषित भई पुरस्कृत भएका छन्।
कोशी प्रदेशभरी कार्यरत रहेका पुलिस कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने पुलिस कर्मचारीहरुको छनोट गरी पुरस्कृत गर्दै आएको छ। विभागीय मूल्य मान्यता, आदेश(निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा डिएसपी टेक बहादुर कार्कीले सुनसरीको ईटहरी उपमहानगरपालिका ७ का राम कुमार पंडितलाई सो स्थानका उमेश चौधरीले धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरी फरार भएको घटनाको प्रतिवादी तथा इटहरी उपमहानगरपालिका १२ कि महिलालाई जवरजस्ती करणी गरी फरार भएको घटनाको प्रतिवादीलाई पक्राउ गर्न सफल भएको साथै लागू औषध कारोबार तथा चोरीका घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको थिए।
त्यसैगरी इन्स्पेक्टर बबिन्द्र नेम्वाङले झापा स्थित बिर्तामोड नगरपालिका ४ झापा की ६७ वर्षीया विष्णु कुमारी बिष्टलाई धारिलो हतियार प्रहार गरी हत्या तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा बिर्तामोड ४ का २१ वर्षीय गंगा प्रसाद राजवंशी सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हुँदा उनीहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०२४साल जुन “महिनाको सर्वोत्कृष्ट पुलिस ” घोषित गरिएको कोशी प्रदेश पुलिस कार्यालय, विराटनगरले जनाएको छ।
प्रदेश पुलिस कार्यालयले प्रदेशभर कार्यरत पुलिस कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्नेहरूलाई छनोट गरी मासिक रूपमा पुरस्कृत गर्ने गरेको छ। यस प्रकारको सम्मानले पुलिस कर्मचारीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई अझ राम्रो काम गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement