ईलाका प्रशासन कार्यालय उर्लाबारी आफ्नै भवनमा

झापा: मोरंग जिल्लाको उर्लाबारीमा रहेको ईलाका प्रशासन कार्यालयले आफ्नै स्थायी भवनबाट सेवा दिन थालेको छ।
उत्तरपुर्वी मोरङको उर्लाबारी नगरपालिका सहित लेटाङ, बेलबारी र पथरीशनिश्चरे नगरपालिका मिक्लाजुङ र कानेपोखरी गाउँपालिकका ३ लाख जनतालाई यस कार्यालयले नागरिकता, राहादनी, राष्ट्रिय परिचय पत्र र सस्था नविकरणको सेवा दिदै आएको छ।
४ करोड ९१ लाखको लागतमा प्रशासन कार्यालयको भवन निर्माण सम्पन्न भई जुन २१देखि नया सुविधा सम्पन्न भवनबाट कार्यालयले दैनिक ५ सय सेवाग्राहीलाई सेवा दिईरहेको सहायक सिडियो कार्यालय प्रमुख रुद्रप्रसाद न्यौपानेले बताए।
नयाँ भवन निर्माणले पुणर्ता पाए सगै चोकमा रहेको कार्यालय करिव डेढ किलोमिटर उत्तर पुरानो बजार स्थानातरण गरिएको हो। कार्यालयको सेवा जुन २०मा मोरङ जिल्लाका सिडियो प्रेम प्रसाद भट्टराईले कानेपोखरी गाउपालिका–२ का ७५ बर्षिया दातु राजबंशीलाई नागरिता दिएर सुचारु गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement