१०५औं हर्ली मेमोरियल कपः यूकेएफसी फाइनलमा

IMG_20220812_214754.jpg

१२ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा शुक्रवार खेलिएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जीतको साथ युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको म्याचमा यूकेएफसी-ले युनाइटेड फूटबल क्लब दार्जीलिङलाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा युनाइटेड फूटबल क्लब दार्जीलिङबाट सिद्धान्त छेत्री र दिवस तामाङले गोल गरे। यसरी नै यूकेएफसी-बाट अरुण तामाङ र आकाश प्रधानले गोल गरे। अब १३ अगस्तमा खेलिने दोस्रो सेमिफाइनलमा दार्जीलिङ डायनामो र सेण्ट जोसेफ्स कलेजबीच भिड़न्त हुनेछ। फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *