हिल्स फूटबल एकाडमी (एचएफए) र लिजेण्ड इलेभेन फाइनलमा

IMG_20220812_213958.jpg

१२ अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को फाइनलमा हिल्स फूटबल एकाडमी र लिजेण्ड इलेभेनबीच भिड़न्त हुनेछ। भिक्टोरिया स्कूल मैदानमा शुक्रवार दुईवटा सेमिफाइनल म्याच खेलियो। आज भएको पहिलो म्याचमा हिल्स फूटबल एकाडमीले युनाइटेड दिलाराम स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयमा एचएफए-बाट आकाश रोकाले ह्याट्रिक गरे। यसरी नै युनाइटेड दिलारामबाट राजीव प्रधान र गौरव छेत्रीले गोल गरे। एउटा गोल आत्मघाती रह्यो। दोस्रो म्याचमा लिजेण्ड इलेभेनले गोथल्स साइडिंग युथ क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पवन राई र अल्केश तामाङले गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *