परिमलनगर स्पोर्टिंग क्लब फाइनलमा

IMG_20220812_213606.jpg

१२ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार चरम रोमाञ्चक जीतको साथ परिमलनगर स्पोर्टिंग क्लबले फाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा परिमलनगर स्पोर्टिंग क्लबले आयोजक सालुगढ़ा नेत्र बिन्दु संघलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म त परिमलनगर एससी-को टीम १ गोलले अघि रहेको थियो। त्यसपछि दोस्रो हाफमा एसएनबीएस-का जाजा-ले लगातार २ गोल गरी म्याचलाई रोचक बनाए। अन्तमा परिमलनगर एससी-ले फेरि लगातार २ गोल गरी म्याचमा रोमाञ्चक जीत हासिल गऱ्यो। अब सोमवार खेलिने फाइनलमा ब्राइट स्पोर्टिंग क्लब र परिमलनगर स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement