१२ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार पहिलो सेमिफाइनल म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको म्याचमा जेभीसी सिंगतामले डीईएसए पाक्योंगलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ह्याट्रिक गर्ने सामीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने दोस्रो सेमिफाइनलमा छुजाचेन स्पोर्ट्स एकाडमी र साहारा गुम्बा पाक्योंगबीच भिड़न्त हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।