कालचिनी: शुक्रबारदिउँसो एउटा साइकलमा सवार भएर जयगाउँ डाँड़ागाउँ निवासी दुईजना दाजुबहिनी जयगाउँतर्फ गईरहेको समय पछाड़ीबाट आइरहेको एउटा टिपरले धक्का दिँदा घटनास्थलमा नै दाजु सिपाही बासफोरको मृत्यु भयोl यस घटनाले जयगाउँ क्षेत्रमा सनसनी मच्चियो। उक्त दुर्घटनाले गर्दा शुक्रबार जयगाउँ एनएस रोडमा जाम लाग्यो। घटनास्थलमा जयगाउँ थानाको पुलिसबल पुगेर उक्त मृतदेह उद्धार गरेर लग्योl शवको पोस्टमार्टम गर्न शनिबार अलिपुरद्वार पठाईने पुलिस स्रोतले बताएको छ।