कालचिनी: कालचिनी खण्डको पीएमजी रोड क्षेत्रबाट शुक्रबार एउटा पिकअप भ्यानमा रासनको चामल र आँटा लाँदै गरेको गुनासो गर्दै स्थानीय गाउँलेहरुले पुलिसलाई सूचना दिँदा उक्त रासन लादिएको पिकअप भ्यानलाई जफत गरेर ल्याईएको पुलिस स्रोतले बताएको छ। जफत गरिएको रासन सामग्री कति परिमाणको छ त्यसबारे गन्ती पश्चात थाह लाग्ने र स्थानीय बासिन्दाहरुले अभियोग दर्ता गरेकोले यसको छानबीन चलिरहेको कालचिनी थाना प्रभारी टीएन लामाले बताएका छन्।