
नर्थ साउण्ड: महत्त्वपूर्ण म्याचहरूमा आत्मसमर्पण गर्ने इतिहासले गर्दा ‘चोकर्स’-को नामले चिनिने दक्षिण अफ्रिकी क्रिकेट टीमका स्पिनर तबरेज शम्सीले ‘नयाँ दक्षिण अफ्रिकी’ टीमले यस टी२० वर्ल्ड कपमा दबाउको असल तरिकाले सामना गरिरहेको बताएका छन् । एडेन मार्करमको कप्तानीमा रहने टीम टुर्नामेण्टमा अजेय रहेको छ अनि टीमले लगभग प्रत्येक म्याचमा रोमाञ्चक जीत हासिल गरेको छ। दक्षिण अफ्रिकाले नेपाललाई १ रनले, बंग्लादेशलाई ४ रनले अनि ईंग्ल्याण्डलाई ७ रनले पराजित गऱ्यो। सोमवार टीमले आयोजक वेष्ट इण्डिजलाई ३ विकेटले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। शम्सीले म्याचपछि भने, धेरै म्याचहरू नजिकको रह्यो अनि हामीले ती म्याचहरूमा रोमाञ्चक जीत हासिल गऱ्यौ कारण यो नयाँ दक्षिण अफ्रिकी टीम हो जसले दबाउ अघि आत्मसमर्पण गर्दैन। हामी चुनौतीहरूको सामना गर्न सक्षम छौं। उनले भने, प्रत्येक म्याचमा हामीमाथि दबाउ थियो तर खेलाड़ीहरू जित्ने तरिका खोज्न सफल भए। म्याच जति नै नजिकको रहे पनि हामीले घुँडा टेकेनौ। यो एउटा एकाईको रूपमा खुशीको कुरा हो। शम्सीलाई क्यारेबियन प्रीमियर लीग (सीपीएल)-मा खेल्ने फाइदा पनि प्राप्त भयो। उनले भने, म गत ५-६ सालदेखि सीपीएल-मा खेलिरहेको छु। यसैकारण मलाई वेष्ट इण्डिजका क्रिकेटरहरूलाई बुझ्नमा सुविधा भयो। म यहाँको परिस्थितिहरूसँग अवगत छु।