वन विभागले गऱ्यो दुईवटा ट्र्याक्टर ट्रलीसहित जफत

0-1a-745bde4a-bc8f-488b-88a0-a80ba2304a3f

कालचिनी: शुक्रबार बिहानहेमिल्टनगञ्ज रेञ्ज र मोबाइल रेञ्जका वनकर्मीहरुले जङ्गलमा  गस्ती गरिरहेको बेला बासरा नदीमा अवैद्य रुपमा ढुङ्गा लाद्न‌ पसेको दुईवटा ट्र्याक्टरलाई ट्रलीसहित जफत गर्नु सफल भएको बक्सा ब्याघ्र प्रकल्प स्रोतले बताएको छ। वनकर्मीहरु नियमित जङ्गलको गस्तीमा निस्कन्दा बासरा नदीको बगरमा ट्र्याक्टरको आवाज सुनेर घटनास्थलमा जाँदा वनकर्मीहरु देखेर दुवै ट्र्याक्टरको चालकदल ट्र्याक्टर छोड़ेर फरार भएl तर वनकर्मीहरुले ट्र्याक्टर र ट्रली एकसाथ जफत गरेर रेञ्ज कार्यालयमा ल्याएको बताएका छन्। बक्सा ब्याघ्र प्रकल्पको अधिकारी स्रोतले बताएअनुसार इण्डियन फरेस्ट एक्टअन्तर्गत मुद्दा दर्ता गरिएको र अवैद्य ढुङ्गा र बालुवाको तस्करीविरुद्ध वन विभागको अभियान जारी रहने वन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement