दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु

South-Korea

दक्षिण कोरियाको एक कारखानामा लिथियम ब्याट्रीमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ शहरको एउटा कारखानामा सोमबार आगलागी भएको हो। दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारीसाधन र ल्यापटपमा प्रयोग गरिन्छ। ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म २२ जनाको मृत्यु भएको बताएका छन्। यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री अन्य ठाउँमा पठाउन प्याक गरिएको थियो। ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुनसकेको छैन। ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement