खरसाङको डाउहिल स्कूलमा ‘रानी लक्ष्मी बाई आत्मा रक्षा प्रशिक्षण’ आत्मरक्षा गोष्ठी आयोजना

IMG-20240624-WA0019.jpg

खरसाङ: पश्चिम बङ्गाल सरकारको परियोजना आत्मरक्षाको सीप सिकाउने योजना ‘रानी लक्ष्मी बाई आत्मा रक्षा प्रशिक्षण’ अन्तर्गत आज डाउहिल स्कूल खरसाङमा आत्मरक्षा गोष्ठी आयोजना गरिएको छ। मार्सल आर्ट एण्ड फिटनेस एकाडेमीका प्रशिक्षक सेम्पाई सुशील क्षेत्री, असीम तामाङ र प्रयोद्धि प्रधानले विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गरेका थिए। यो खरसाङ महकुमाको तेस्रो विद्यालय हो जसले बालिकाहरूलाई आपतकालीन अवस्थामा आत्मरक्षाको सीप सिकाउने सरकारी योजनाको फाइदा उठाएको छ। खरसाङमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयले लगभग एक महिना अघि र स्कट मिशन कन्या विद्यालयले तीन सप्ता अघि तालिम सञ्चालन गरिसकेका छन्। यो परियोजना सर्वशिक्षा मिशनको कार्यालयबाट स्वीकृति पाएपछि दार्जिलिङ जिल्लाको स्पोर्ट्स कराते-डु संघका महासचिव सेन्सी सन्दीप प्रधानले सुपरिवेक्षण गरिरहेका छन्।
सेम्पाई सुशीलको नेतृत्वमा रहेको टोलीले तालिमबाट विद्यार्थीहरुले रमाइलो गरेको र केही प्रविधिहरु सिकेको तर सिद्ध हुन सबैले नियमित अभ्यास गर्नु पर्ने बताए। उनले तालिम सञ्चालनमा विद्यालय प्रशासनले धेरै सहयोग गरेको बताउँदै विद्यालयमा कार्यक्रम आयोजना गरेकोमा प्रधानाध्यापिका सिमा अलिलाई धन्यवाद दिएका छन्। माफाका अध्यक्ष सेन्सी सन्दीप प्रधानले बताए अनुसार बालबालिकाहरूले केही सीपहरू सिक्न र आपतकालीन अवस्थामा आफूलाई सुरक्षित राख्न सकुन् भनेर भविष्यमा पनि अन्य धेरै विद्यालय र संस्थाहरूमा यस्ता आत्मरक्षा सेमिनारहरू निःशुल्क सञ्चालन गर्नेछन् अनि पश्चिम बङ्गाल सरकार साथै जीटीएको सर्वशिक्षा मिशनका पदाधिकारीहरूलाई पनि धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement