खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट विभिन्न क्षेत्रका कृषकहरूलाई पोलि हाउस वितरण गरिएको छ। खरसाङ पञ्चायत समितिको सभापति अनु अनु प्रधान र खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीको बाहुलीबाट खरसाङ खण्ड अन्तर्गत पर्ने सिटोङ, मामरिङ, चिमनी देवराली र बागौरा क्षेत्रका जम्मा २१ जनालाई आज खरसाङ खण्ड विकास कार्यालय परिसरमा पोलि हाउस वितरण गरिएको छ। उक्त पोलि हाउसको लागि जसले द्वारे सरकारको क्याम्पमा निवेदन चढ़ाएका थिए उनीहरूलाई आज वितरण गरिएको जानकारी प्राप्त भएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष दिनेश तामाङले विस्तृत रूपमा जानकारी गराउँदै यस्ता सहुलियतहरू लगायत अन्य सहुलियतहरू पनि खरसाङ पञ्चायत समितिको तर्फबाट वितरण गरिने जानकारी गराएका छन्।