हात्तीको उत्पातले प्रायः ३०० अधिक सुपाड़ी बगैचा क्षतिग्रस्त

0-1a-150d8835-821f-423b-9e89-1024d9b5f954

कालचिनी: बिहीबार मध्यराती जङ्गलबाट पसेको एकहुल जङ्गली हात्तीको उत्पातले कालचिनी खण्डको पश्चिम साताली बानियापाड़ा गाउँको प्रायः १५-१६ जना गाउँलेहरुको ३०० भन्दा अधिक सुपाड़ीको गाँछ तहसनहस पारेको गाउँलेहरुले बताएका छन्। शुक्रबार गाउँलेहरुले आफ्नो क्षतिग्रस्त सुपाड़ीबारी हेरेपछि आक्रोशित एवं दु:खी हुँदै धानको खेती पनि हात्तीले नष्ट गर्ने गरेकोले सुपाड़ी गाँछ लगाएर हुर्किन्दै गरेको अवस्थामा यसरी जङ्गली हात्तीको दलले सखाप पारेको उचित क्षतिपूर्ति वन विभागले दिनुपर्छ भनि माग गरेका छन्।

शुक्रबार बिहान निरीक्षण गर्न आईपुगेको वनकर्मीहरु पीड़ित गाउँलेहरुको आक्रोशको सम्मुखिन हुनु परेको थियो भने वन विभागले उचित आवेदन गरे क्षतिपूर्ति दिइने जनाएका छन्। यता गाउँलेहरुले यस भन्दा अघि पनि धेरै चोटी हात्तीको उत्पातबाट क्षतिग्रस्त सम्पतिको आजसम्म क्षतिपूर्ति नपाएको बताएका छन्। यता उक्त सम्बन्धमा गाउँले कृषक समाजसेवी विनय नार्जीनारीले गाउँलेहरुले यति कष्ट गरेर सुपाड़ी बगैचा लगाएको त्यसलाई पनि जङ्गली हात्तीको दलले सखाप पारेपछि यसको उचित भरपाई बन विभागले गर्नु पर्ने र जङ्गल संलग्न रहेको यस गाउँलाई आजसम्म जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीभित्र अन्तर्भुक्त गरेको भए गाउँलेहरु उपकृत हुन्थ्यो भनि जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement