सिलगढी: प्रधाननगर थानाको पुलिसले लुटपाटको योजना विफल पार्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम अतीकुल रहमान, मोहम्मद सुलेमान हक र राजु रोय रहेको बताइएको छ। दार्जीलिङ टर्न नजिकैको इलाकामा लुटपाट गर्ने उद्देश्यले कैयौं अपराधी जम्मा भएको गोप्य स्रोतबाट राति प्रहरीलाई सूचना पाएपछि प्रधाननगर पुलिस चौकीले लुटपाटको योजना विफल पारेर तीन जनालाई पक्राउ गरेको हो। उनीहरु सबैलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।