एक करोड पटक हेरियो ‘ए आमा जाम भन्यो मलाई…’

IMG-20240624-WA0009-1

झापा (नेपाल): राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ छोटो समयमै करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको १ महिनामै यो गीतलाई युट्युबमा १ करोड बढी पटक हेरिएको हो। यो गीत धेरै दिनसम्म युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पर्न सफल भएको थियो। फेसबुक रिल्स र टिकटकमा समेत गीतले सुरूका दिनदेखि चर्चा पाएको थियो। यतिबेला कार्यक्रमको शिलशिलामा हङकङमा रहेकी गायिका थापा मगरले खुशी साट्दै श्रोता–दर्शकलाई धन्यवाद दिएकी छन्। यो गीतका शब्द एकनारायण भण्डारीका हुन्। रिताकै संगीत रहेको गीतलाई श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेका हुन्।भिडिओमा प्रकाश सपुत र सनिशा भट्टराई फिचर्ड छन्।मौसम हिमालीले भिडिओलाई निर्देशन गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement