कालचिनी: वर्तमान समयमा कुनै राजनैतिक पदमा नरहे पनि समाजसेवी पासाङ लामाले निरन्तर आवश्यकमन्द गाउँलेहरुलाई मदत दिँदै आईरहेको क्रममा अठियाबारी बंगबारी, चुवापाड़ामा छाता र प्लास्टिक सेड वितरण गर्दै आईरहेको क्रममा आज फेरि कालचिनी खण्डको ३१सी राष्ट्रिय राजमार्ग पारी पटकापाड़ा संलग्न भोटे बस्तीमा पुगेर त्यहाँका प्रायः ६४ परिवारलाई प्लास्टिक सेड एवं एउटा ह्याण्ड पम्प पनि वितरण गरे।
उक्त गाउँमा पुगेका समाजसेवी पासाङ लामालाई भोटे बस्तीका बासिन्दाहरुले स्वागत जनाए भने समाजसेवी पासाङ लामाले आफू कुनै नेता नभएर साधारण समाजकर्मीको रुपमा घुम्न आएको र केही मदत गर्ने प्रयास आफ्नो टोलीका साथीहरुको सहयोगितामा गरिएको बताए। पहिलाबाटै यो ठाउँका कतिपय साथी भाईहरुले गाउँमा आईदिने आग्रह गरेकोले खाली हात किन जाने भनेर साथी टीमको सहयोगितामा सानो मदत प्रदान गरिएको र यस्तै आवश्यकमन्द परिवारलाई आफूले गर्न सक्ने मदत गर्ने अवश्यै गरिने बताए। यता आफूहरु कालचिनी खण्डको र कालचिनी विधानसभा क्षेत्रको बासिन्दा भए पनि यो ठाउँमा धेरै कम जनप्रतिनिधिको आउजाउ रहेको तर आज समाजसेवी पासाङ लामाले गाउँमा आएर गाउँलेहरुलाई मदत दिएकोमा उनलाई धन्यवाद ज्ञापन गरे।