गाउँलेहरूले दुई चोरलाई रंगेहात पक्रेर पुलिसलाई बुझाए

IMG-20240624-WA0011.jpg

जलपाईगुडी: जिल्लाको टुनबारी चियाकमान इलाकामा स्थानीयवासीले दुई चोरलाई पक्रेर पुलिसलाई सुम्पेका छन्। योगेश मानकिमुण्ड (२६) र आकाश मुन्डा (२३) नाम गरेका दुवै चोरले धेरै अघिदेखि सो क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोप छ। उनीहरुलाई आज बिहान स्थानीयले घरबाट चोरी गर्दागर्दै रंगेहात पक्राउ गरेका हुन्। त्यसपछि आक्रोशित भीडले जुत्ताको माला लगाएर राष्ट्रिय राजमार्गमा परेड गरी पुलिसलाई बुझाएका थिए। पुलिसले दुई अभियुक्तलाई पक्राउ गरी उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement